पाकिस्तानी सैन्य टोलीलाई नेपाल भ्रमण गराएको भन्दै एनपी साउदले उठाए प्रश्न

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले पाकिस्तानी सैन्य प्रतिनिधिमण्डलको नेपाल भ्रमणका विषयमा सदनमा प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा नेता साउदले भारत र पाकिस्तानबीच गम्भीर तनाव भएको समयमा पाकिस्तानी सैन्य भ्रमण स्थगन गर्नु पर्ने उनको भनाइ आएको हो। ‘पहलगाम आतंककारी घटनाले छिमेकी भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति उत्पन्न गराएको छ। यस सन्दर्भमा प्रधानमन्त्री…