सद्भाव नबिगार्न डा. कोइरालाको अपिल

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले तराई(मधेस क्षेत्रमा पछिल्लो समय विकसित भएका संवेदनशील र हिंसात्मक घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण पक्षलाई संयमित हुन अपिल गरेका छन्। नेता कोइरालाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक साझा फूलबारी भएको स्मरण गराउँदै विविधताबीचको बलियो एकता नै मुलुकको वास्तविक शक्ति र पहिचान भएको बताएका छन्।…