काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै उनका समर्थकले विरोध प्रदर्शन गरेका छन्। रविलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको उनीहरुको दाबी छ। ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘रवि दाइलाई रिहा गर’लगायतका माग राखी माइतीघरमा प्रदर्शन गरिएको छ। स्वतन्त्र समूह बताउने युवाहरूले प्रदर्शन गरेका हुन्। रास्वपाकी केन्द्रीय…