काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट टिका ग्रहण गरेका छन् । बालुवाटारमा आइतबार आफ्ना बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइतपछि पनि दिनभर टीका…