काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी काठमाडौं जिल्ला अदालत परिसरमै कुटिएका छन्। सहकारी पीडितका तर्फबाट वकिल रहेका त्रिपाठीमाथि अदालत परिसरमा बुधबार अपराह्न हातपात भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा रवि लामिछानेका समर्थकले त्रिपाठीमाथि हातपात गरेका हुन्। ‘रविलाई थुनाउने यही हो भन्दै ममाथि हातपात गरे,’ त्रिपाठीले भने। रविविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि रास्वपाका कार्यकर्ता र…