काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले विपद्को बेला सरकारको लज्जासपद् भूमिका रह्यो भन्ने विरोध छ यसमा के भन्नु हुन्छ भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,‘विरोधका लागि विरोध भइरहेको…