ओलीको गृहजिल्ला झापाबाट भीम रावलले थाले देश दौडाहा



काठमाडौं, २० पुस । नेकपा (एमाले) बाट निष्काशित नेता भीम रावलले देश दौडाहा सुरु गरेका छन् ।

‘मातृभूमि जागरण अभियान’ लिएर निस्किएका रावललाई आज विराटनगर विमानस्थलमा नेकपा लगायतका दल निकट र स्वतन्त्र नागरिकहरुले स्वागत गरेका थिए ।

पूर्वी यात्रामा निस्किएका रावलले पहिलो कार्यक्रम एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट सुरु गर्ने बताइएको छ ।

त्यसपछि इलाम, मोरङ, सुनसरी जिल्लामा अभियान सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ४ : १० बजे