काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको उद्धार तथा राहत कार्यमा लाग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई निर्देशन दिएका छन् । आइतबार समाज कल्याण परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री सुडीले परिषद्मा आकस्मिक बैठकको आयोजना गरी उक्त निर्देशन दिएका…