काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । सोमबार साँझ बालुवाटारमा भएको भेटमा नेपालको विकास र विश्व बैंकले नेपालमा गर्दै आएको सहयोग लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री दाहालले स्थिर विकास साझेदार विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गसँग आफू नेतृत्वको…