काठमाडौं, ५ असार । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयगत बजेटमा सत्ता र शक्तिको दुरुपयोग भएको बताएका छन् । आज ९बुधबार० संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रीहरुले अधिकांश बजेट आफ्नै जिल्ला र क्षेत्रमा लगेको बताएका हुन् । ‘बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मूल मान्यतामा नै…