जसपा महाधिवेशन : अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट यादवपुनः अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उमेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ ।आज बिहानदेखि उमेदवारी दर्ता भइरहेको निर्वाचन समितिले जनाएको छ ।