काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गणतन्त्रलाई संस्थागत गर्न हरेकले आफ्नो कामले देखाउनुपर्ने बेला आएको बताए । सत्रौँ गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज कैलालीको धनगढीमा आयोजित कार्यक्रममा उनले विश्वमै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गरे । “गणतन्त्रको खास आभास जनतामा हुन नसकिरहेकाले यो व्यवस्थाको कमीकमजोरी सुधार गर्दै अगाडि बढ्न जरुरी छ”,…