काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले दुई वर्ष नपुग्दै सरकार र प्रधानमन्त्रीले करिब पाँच पटक विश्वासको मत लिनु व्यवस्थाको बरखिलाफ भएको बताएकी छन् । आइतबार संघीय गणतन्त्र शासनसम्बन्धी संवाद कार्यक्रममा उनले दुई वर्षसम्म सरकारलाई अविश्वासको प्रस्ताव लिन नपाउने भनेर बन्देज गरिदिएको भएपनि व्यवस्थामाथि नै बरखिलाफ गर्दै पाँच पटक विश्वासको मत लिइएको बताइन ।…