काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चौँथोपटक प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गर्न सक्ने भएकाले अन्योल देखिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद् अवरोध गर्दै आएको छ । कांग्रेसले अडान कायम राखे सोमबार पनि संसद्…