संसदीय छानबिनको कार्यक्षेत्रमा सत्तापक्ष र प्रतिपक्षका पुरानै अडान

काठमाडौँ । सहकारी ठगी प्रकरणमा छानबिन गर्न बनाइने समितिको कार्यक्षेत्रका विषयमा दलहरूले पुरानै अडान कायम राखेका छन्। सिंहदरबारस्थित कानुन मन्त्रालयमा आइतबार बसेको बैठकमा दलले पुरानै अडान लिएपछि कार्यदलले निष्कर्ष जुटाउन नसकेको हो। यद्यपि बैठक जारी छ। कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा बसेको बैठकले संसदीय समितिको कार्यक्षेत्र तोक्न नसकेको हो। कार्यक्षेत्र तय नहुँदा संसद बैठक अनिश्चित बनेको…