काङ्ग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिपक्षमा रहेका सबै दलको बैठक बोलाएको छ।आज बिहान साढे १० बजे बस्ने गरी देउवाले प्रतिपक्षमा रहेका सबै दलको बैठक बोलाएका हून् । नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठक सकिएलगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको कांग्रेसका एक सांसदले जानकारी दिए।