काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा विभिन्न पार्टीका सांसदहरुले बालीमा क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले चितवनको केराखेतीमा भएको क्षतिबारे सरकारको ध्यानार्कषण गराउँदै रु १५ करोड बराबरको क्षति भएको बताउँदै पीडित किसानलाई तत्काल बीमा रकम उपलब्ध गराउन सरकारसँग माग गरे…