सिरहा । लहानदेखि उत्तरतर्फ पर्ने चुरेक्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन्। लहानबाट सात किलोमिटर उत्तरतर्फ चुरे फेदीमा अवस्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’मा जाडोयाममा वनभोज खान आउनेको भीड लाग्न थालेको छ। तीन वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि…