सप्तरी, १९ पुस । शीतलहरका कारण मध्यतराईका जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ । एक हप्तायता चिसो हावा चल्ने, बाक्लो हुस्सु लाग्ने, घाम नलागेका कारण अत्याधिक चिसो बढेको हो । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ । स्थानीय रमेश यादवका अनुसार सार्वजनिक ठाउँ, बजार, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही घटेको छन् भने…