चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव(२०८२ को आज अन्तिम दिन हात्ती पूजा गरी हात्तीलाई मन पर्ने परिकारसहित वनभोज खुवाइएको छ। महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार अन्तिम दिन विशेष रूपमा हात्तीलाई भगवानको रूपमा पूजन गरिएको हो। धार्मिक गुरुहरूको उपस्थितिमा फूलमाला अर्पण गरी हात्तीलाई वनभोजका लागि निमन्त्रणा गरिएको थियो। पूजापछि…