सिन्धुपाल्चोकको १२ मध्ये चारवटा वटा स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका र हेलम्बु गाउँपालिकाको अन्तिम मतपरिणाम आएको हो । तीनमा कांग्रेस र एकमा माओवादी र एकीकृत समाजवादी गठबन्धन विजयी भएको छ । बाह्रबिसे नगरपालिकामा निवर्तमान मेयर निमफुञ्जो शेर्पालाई पराजित गर्दै कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत विजयी भएका छन् ।…