काठमाडौं । काठमाडौं महानगरपालिकाले सुक्खा फोहर व्यवस्थापको थप व्यवस्थित बनाउनका लागि क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम सुरुवात गरेको छ। उक्त सुक्खा फोहर बिक्रीका लागि वार्षिक ६ करोड आठ लाख ७२ हजार रूपैयाँमा ठेक्का लगाएको छ। कामपाले ३२ वटा वडालाई जनसङ्ख्या र भूगोलको आधारमा क्षेत्र निर्धारण गरी सुक्खा फोहर व्यवस्थापनको सुरु गरेको कामपा वातावरण व्यवस्थापन…