नवलपुर । चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप बाढीले बगाएर नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ । अहिले पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह समेत बढ्दैगएपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । आज दिउँसो केही समयका लागि…