पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण

गण्डकी, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक आज बिहान अन्तर्राष्ट्रिय जहाज अवतरण भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान गरेको हो । सिचुआन एयरलाइन्सको एयरबस ए(३१९ जहाज आज बिहान ९ः०६ बजे अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विष्णुअधिकारीले जानकारी दिए । उक्त जहाजबाट चीन भ्रमणमा जानुभएका राष्ट्रियसभाका अध्यक्ष…