तनहुँ पुस २६ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज ३ वटा शव फेला परेका छन्। आज बिहान शुक्लागण्डकी(५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिक २ पुरुष र १ महिलाको शव फेला परेको हो। मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने २ जनाको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। पहिचान खुल्नेमा शुक्लागण्डकी नगरपालिका-११ पाल्पालीछापका…