मुगुवासीलाई मतदान गर्न सकस, गाउँलेहरू चिसो छल्न बेंसी झर्दा लामा गुरु मात्र छन् गाउँमा

मुग । कार्मारोङ गाउँपालिका–२ मुगुका मुगाल बस्तीका गाउँलेहरू बर्सेनि चिसो छल्न बेंसी झर्छन् । कार्तिक महिनाको अन्तिम सातादेखि वैशाखसम्म गाउँको घरमा ताला लगाएर बेसी अर्थात न्यानो स्थानतिर झर्ने भएकाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान गर्न सकस हुने बताएका छन् । विगतमा भएका निर्वाचन वैशाख वा जेठमा हुने गरेकाले यहाँका न्यानो…