गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उहाँले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिनुभएको थियो । कोरोना महामारी नियन्त्रणमा खटिँदै आउनुभएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी…