नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ – राजदूत डा. खतिवडा

अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पु¥याएको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयंसेवी भावले गर्नुभएको सहयोग स्मरणीय छ ।” शनिबार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन…