दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङकै दंगिशरण गाउँपालिका–४ वैवाङका ५९ वर्षीय शालिकराम वली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । तुलसीपुरबाट गुम्राह चोकतर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले हिजो…