भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएपछि बिहारसँग सीमा जोडिएका बाराका ग्रामीण भेगमा मदिराको अवैध कारोबार फस्टाएको छ । भारतको बिहारमा त्यहाँको सरकारले सन् २०१६ को अप्रिलदेखि नै मदिराको उत्पादन, ओसार पसार, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको थियो । बिहारमा मदिरा पूर्ण प्रतिबन्धित भएदेखि नै बाराको पचरौता नगरपालिकाको सीमावर्ती बजार र गाउँमा मदिराको कारोबार फस्टाएको…