ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, ५ साउन । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।यससँगै १७ जनाको हकमा सर्वोच्च अदालतले ४ साउन २०७९ मा जारी गरेको अन्तरिम आदेश पनि खारेज भएको छ ।…