काठमाडौं, १५ असार । पूर्वसांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ परेका छन् । बाँकेमा ठगीको उजुरी परेपछि अनुसन्धानका लागि रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेको जनाइएको छ । काठमाडौंमा पक्राउ गरेर बाँके पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले…