टिकापुर काण्डबारे सर्वोच्चको पूर्णपाठ – जन्मकैद मिनाहामा गम्भीर प्रश्न

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाबारेको रिटको पूर्णपाठ सार्वजनिक गर्दै अमानवीय घटनाको रुपमा व्याख्या गरेको छ । बुधबार गएको जेठ २ गते न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको सर्वोच्चले सो घटनालाई सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरुद्धको अत्यन्त अमानवीय, क्रूर र निर्मम घटनाको रुपमा व्याख्या…