आयरल्यान्डसँग नेपाल १६ रनले पराजित

ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई १६ रनले पराजित गरेको छ । जितका लागि १२८ रन चाहिए पनि नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो ।…