मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यु–१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा दुई खेलाडी परिवर्तन गरेका छन् । फरवार्ड कुशुम खतिवडा र डिफेण्डर सविना चौधरीलाई स्थान दिँदै प्रशिक्षक श्रेष्ठले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध विमला विक र दिपा शाहीलाई बाहिर राखेका हुन् । श्रीलंकाविरुद्ध नेपाली टोलीका कप्तान गोलरक्षक अन्जना राना मगरले समाल्नेछिन् । यस्तै, डिफेन्समा सलोनी राना…