काठमाडौं, ६ मंसिर । नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा अर्को बलियो टोली हङकङको सामना गर्दैछ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङसँग नेपाली समय अनुसार सोमबार बिहान ११ः१५ बजे खेल्नेछ । ६ टोली सहभागी प्रतियोगितामा नेपाल बलियो टोली हो । यद्यपि हङकङ नेपाललाई रोक्ने दाउमा हुनेछ…