महिला टी-२० शृंखला : नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सबाट १४१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । बलिङमा नेपालकी सीता राना मगर एक्लैले ५ विकेट लिईन् । ३ ओभर फ्याँकेकी सीताले १२ रन दिएर ५ विकेट चट्काएकी हुन् । मनिषा उपाध्यायको नाममा…