काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । बिहीबार टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन लिएको हो । सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन जोडे ।…