काठमाडौँ( हङकङ सिक्सेजमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ। मोङ कोकमा शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै समूह बिजेता बनेर नेपाल क्वार्टरफाइनल पुगेको हो। ११२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै ओभर खेलेर ५ विकेट गुमाएर १०० रन बनाएको थियो। अस्ट्रेलियाका लागि ज्याक वुडले अविजित ५५ रन र एलेक्स रसले १४ रन…