करोडभन्दा बढी खर्चेर बनाएको लेखनाथ रंगशाला बन्यो घाँसेमैदान

पोखरा । ८ वर्षअघिबाट निर्माण सुरु भएको पोखरा लेखनाथ रंगशाला घाँसेमैदानमा परिणत भएको छ। फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको केही चहलपहल भए पनि पर्याप्त पूर्वाधार नहुँदा समस्या देखिएको हो। बिहानबेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन्। कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन्। बहुउद्देशीय कभर्ड…