मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनको शपथ



सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

आइतबार दोस्रो कार्यकालका लागि उपराष्ट्रपति निर्वाचित भएका पुनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा अपराह्न ४ बजे शपथ हुँदैछ । सोमबार अपराह्न ४ बजे सपथको समय टुंगो लागेको पुनका प्रेस संयोजक मनोज घर्तीले जनाए ।

शनिबार उपराष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो । चैत ९ गते उपराष्ट्रपतिका लागि मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि आयोगले आइतबार पुन निर्विरोध निर्वाचित भएको घोषाणा गरेको थियो

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार  ६ : ४५ बजे