मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रोता ,दर्शकको रोजाइमा पर्दै तीज गित



९ भदौ,काठ्मान्डौ

संगीतकार्, गीताकार कृष्ण कटेलको शब्द र संगीत रचनामा सार्बजनिक गरिएको यो तिज्मा माइतिको आगना बोल्को गीत पछिल्लो समयमा श्रोता ,दर्शकको रोजाइमा परी रहेको छ ।

सृया नेपालको स्वर रहेको उक्त गीतको संगीत संयोजन शम्भु बानियाँले गरेका हुन् । मेलोडी नेपालको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यो गीतमा सृङगा कोइराला र पाशाङ शेर्पा फिचर्ड छन् । दीपक तामाङको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई रामेश्वर जिरेलले खिचेका हुन् । गीतको लय तथा शब्द सृजनामा मौलिकता दर्शाउन संगीतकार तथा रचनाकार कटेल अब्बल देखिएका छन् ।

पाटनको कृष्ण मन्दिरमा छायांकन गरिएको गीतमा कृष्ण मन्दिरका सुन्दर दृश्यहरु कैद गरिएका छन् । गितले दर्शक श्रोताको मन जितिरहेको संगीतकार कटेलको दाबी छ।

हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=jWbNvxJT5w0

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार  १२ : ४५ बजे