मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेका फ्लिमी स्टार अनमोल केसिकी आमाले दोश्रो बिहा गर्ने पक्का



नेपाली चलचित्रका सदाबाहार नायक तथा निर्माता भुवन केसिकि पहिलो श्रीमती तथा अहिले का युवा स्टार अनमोल केसिकी आमा सुस्मिता केसि ले दोश्रो बिहा गर्ने पक्का भएको छ ।

युवा स्टार अनमोल केसिकी आमाले ईन्गेजमेन्ट गरिसकेकी छिन् । सुस्मिता बम्जन सफल निर्मात्री तथा अभिनेत्री हुन् । ९ सेम्टेम्वरमा सिंगापुरमा उनले दक्षिण भारतीय मुलुकका अष्ट्रेलियन नागरीक किलन स्वामीसंग ईन्गेजमेन गरेकी हुन् । स्वामी फिजीमा जन्मिएका हुन् ।

सन् २००१ मा अभिनेता भुवन केसी संग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिईन् । गत बर्ष सुस्मिताले चलचित्र ‘म त तिम्रै हुँ ‘ निर्माण गरेकी थिईन् ।

पारीवारीक सहमतीमा नै ईन्गेजमेन्ट गरेको अभिनेत्री सुस्मिताको विहे भने २०१९ को भ्यालेन्टाईन्डेको अवसरमा फिजीमा हुने बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार नायक अनमोल केसीको सहमतिमा नै यो ईन्गेजमेन्ट गरिएको हो । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक व्यापारी हुन् । स्वामी अष्ट्रेलियाको के ग्यासका धनाड्य व्यापारी हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार  ४ : ३१ बजे