मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक हेमन्त शर्माको नयाँ गीत ‘बरिखा’ युट्युबको ट्रेन्डिङमा



 यसै साता गायक हेमन्त शर्माले आफ्नो नयाँ गीत ‘बरिखा’ सार्वजनिक गरेका छन् ।

डान्सिङ नम्बरको यो गीतमा गायक शर्माकै शब्द तथा संगीत छ । गीतमा संगीत संयोजन भने श्यामस्वेत रसाइलीले गरेका छन् । राहुल शाहले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा भिमफेदी गाइज, एलिसा राई, सारा शिर्पाली, सुनील क्षेत्री, अलिशा शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

सांगीतिक कार्यक्रमका सिलसिलामा धेरै पटक सुदूरपश्चिम पुगेका गायक शर्माले यस पटक भने त्यहीँको जनबोलीलाई सम्बोधन गरेर गीत रेकर्ड गराएका छन् । गायक शर्माको सार्वजनिक गीत सार्वजनिक भएको २४ घण्टा अगावै युट्युब ट्रेन्डिङको २२ नम्बरमा देखा परेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  ११ : २७ बजे