मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला हिंशाको बिरुद्दमा रेखाको नयाँ फिल्म ‘मालिका’,युट्युबमार्फत अफिसियल ट्रेलर रिलिज



काठमाडौं असोज,१२–

कार्तिक १६ गतेबाट देशव्यापी प्रर्दशनमा आउने तयारिमा रहेको  फिल्म ‘मालिका’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

बाल विवाह तथा महिला हिंशामा आधारित फिल्मको शुक्रबार राजधानी स्थित पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले उक्त ट्रेलर सार्वजनिक गरेको हो ।

रेखा थापाको आफ्नै  निर्देशन तथा अभिनय रहेको फिल्म रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।  उनि फिल्मको मुख्य पात्रको रुपमा रहेकी छिन् । भने फिल्ममा सरस्वती थापा निर्माता रहेकी छिन । फिल्ममा अभिनेत्री रेखा थापा र नारा कार्कीको कथा,सुरेश अधिकारी र यसडी योगीको संगीत रहेको छ ।

फिल्मको  ट्रेलर हेर्नुहोस

 

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार  ११ : १७ बजे