मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२५ बर्षिय विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित



दरबारमार्गस्थित होटल अन्नपुर्णमा शनिबार अबेर साँझ सम्पन्न  मिस्टर नेपाल वल्र्ड २०१८’  प्रतियोगितामा २५ बर्षिय विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित भएका छन् ।  श्रेष्ठले १६ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन् ।‘बलात्कारीका लागि उपयुक्त सजाए के हुन सक्छ ?’ निर्णायक मध्यका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन् ।

सोसल मिडिया उपाधि समेत हात पारेका श्रेष्ठले प्रतियोगितामा मोटरबाइक, नगद रु ५० हजारका साथमा बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे । श्रेष्ठले यसैबर्ष आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

कलाकार सुनिल थापा, पुर्व डिआइजी बिज्ञानराज शर्मा, गीतकार डा.कृष्णहरी बराल, बैंकर रबिना देशराज जोशी, फोटोग्राफर राजभाई सुवाल, कोरियोग्राफर महेश केसी, कला सुब्बा लगायत निर्णायक रहेको प्रतियोगितामा सागर परियार मिस्टर ट्यालेन्ट, चन्दन चौधरी मिस्टर फोटोजेनिक, सुशन मर्हजन बेष्टमोडल, रिसव पौडेल पब्लिक च्वाइस, जीवन रेग्मी एसएमएस स्टार छानिए । सबैले नगद रु १० हजार सहित अन्य बिभिन्न उपहार समेत हात परे ।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  २ : ५८ बजे