मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अबको एक महिनामा विराटनगर सम्म रेल आइपुग्ने



२० असोज, काठमाडौं–

भारतको बथनाहाबाट  एक महिनाभित्र  विराटनगरसम्म रेल आउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको बथनाहादेखि कटहरीसम्मको १८ दशमलव ६ सय १ किलोमिटरमध्ये ७ दशमलव ६ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

निर्माण कम्पनीले असोज १४ गते बुधनगर भन्सार यार्डदेखि पूर्व लावाघाटसम्म रेल ल्याउने तयारी गरेको र रेल सञ्चालन गर्ने बारे आज छलफल भएको बताउनुभयो ।

भारततर्फ ५ किलोमिटर र नेपालतर्फ २ दशमलव ६ किलोमिटर दुई लेनको रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको तथा निर्माण कम्पनीले दिएको समय अनुसार रेल सञ्चालनको तयारी सुरु गरिएको उहाँको भनाई छ

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार  ९ : १६ बजे