मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीके राउतको स्वतन्त्र मधेश अभियानलाई सघाउन हतियारधारी भारतीय माओवादीहरु तराईमा छ्यापछ्याप्ती



काठमाडौं ।

सीके राउतको स्वतन्त्र मधेशको पृथकतावादी अभियानलाई सघाउन भारतीय नक्सलवादी माओवादीहरु तराईमा छ्याप्छयाप्ती भेटिन थालेका छन् ।

झण्डै पाँच हजारको संख्यामा धनुषादेखि उदयपुरसम्मको जंगलदेखि स्थानीयका घर आसपासमा उनीहरु डेरा जमाएर बसिरहेको स्थानीय संचारकर्मीहरुले बताएका छन् ।

उनीहरुले गाउँगाउँमा नयाँ मानिस देखापर्न बित्तिकै चेकजाँच गर्नुका साथै सवारी साधन समेत रोक्ने गरेका छन् ।

यसअघि सशस्त्र द्धन्द्धका बेलामा देशभर माओवादीले चलाएको शैलीलाई भारतीय माओवादीले तराईमा गरिरहेको सम्झना पनि संचारकर्मीहरुले गर्ने गरेका छन् ।

हतियारसहित रहे पनि अहिलेसम्म स्थानीयहरुलाई भने दुःख नदिएको एक पत्रकारले बताए । उनले भने, ‘हतियारसहित उनीहरुको मुभमेन्ट कडा रहेको बुझ्न सकिन्छ तर उनीहरुले अहिलेसम्म कसैलाई दुःख भने दिएका छैनन् ।’

सीके राउत अहिले प्रहरी हिरासतमै छन् । तर उनको अभियान भने निकै सशक्त हुँदै गएको बुझ्न सकिन्छ ।

तराईमा भारतीय माओवादीका कार्यकर्ताहरुको गतिविधि बढ्दा समेत सरकारले भने चासो देखाएको पाइँदैन ।

तराईवासीसंग उस्तै रहनसहन र अनुहार हुने भएकाले ती माओवादीलाई छुट्टाउन मुस्किल पर्छ ।

एक स्रोतका अनुसार उनीहरु अहिले आफ्नो शक्तिलाई फराकिलो बनाउँदै गइरहेका छन् । कुनै पनि बेला उनीहरु एक्सनमा आउन सक्छन् ।

कुनै समय थियो नेपालका माओवादीले भारतीय माओवादीसंग सहकार्य गरेका थिए । अहिले माओवादी नेकपाको नामबाट सरकारमा छ ।

माओवादी नै सरकारमा रहेका बेलामा भारतीय माओवादीले नेपालमा गतिविधि बढाउँदै लैजानुलाई संयोग मात्र भन्ने वा कुनै अर्को चलखेल पनि हुन सक्छ भनेर बुझ्ने ?

एक जमानामा माओवादीले उदयपुर र सिरहाको जंगलमा लौरो तालिम भन्दै हातहतियारको तालिम दिने गर्दथ्यो । अहिले भारतीय माओवादीको बिगबिगी छ । अन्लाईन पत्रीका हाम्रा कुराले समाचार प्रकासित गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आइतबार  ६ : ४० बजे