कात्तिक २६, काठ्मान्डौ-
न्यूसञ्चार्-
पछिल्लो समय नेपाली कांग्रेस भित्र अगामी माहाधिबेशन पछी कसको नेतृत्व भन्ने मै सबैको ध्यान जान थालेको छ । तेसैलाई केन्द्र बिन्दु मानेर बिभिन्न छलफल र राजनितिक समिकरणहरु फेर बदल हुने गरेका छन ।
अघिल्लो महाधिबेशन पछी आफै भित्रका अलग अलग धारमा चल्दै गरेका शभापती देउबा सग असन्तुस्ट नेताहरु फेरी एक्जुट हुन थालेका छन । यस अघी सम्पन्न स्थानिय र प्रदेश तथा प्रतीनिधीशभा निर्बाचनमा पार्टिको नराम्रो पराजय पछी पार्टी भित्र शभापती देउबासग असन्तुष्टी बढी रहेको छ । शभापतिको कमजोर रणनिति , अपारदर्सिता, गुट्गत मनोबीज्ञान्, लगायतका कारण नै पार्टी पराजित हुन पुगेको र नेतृत्व परिवर्तनबिना पार्टिलाई पुरानै लय र पुरानै अवस्थामा पुर्याउन नसकिने शभापती देउबा सग असन्तुस्ट नेताहरुले बताउदै आएका छन ।
यसै बिच पार्टी केन्द्रीय सदस्य सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा सोमबार बिहान शभापती देउबा सगा अशन्तुष्ट नेताहरू एकै ठाउँमा भेला भएर छलफल गरेका छन्। नेतृ सुजाता कोइरालाको अामन्त्रणमा नेताहरूलाई लञ्चसहितकाे मिटिङ गरिएकाे र आगामी महासमिती बैठक लगायत बिभिन्न मुद्दाहरुमा कसरी जाने भन्ने बिशयमा छलफल भएको नेताहरुले बताएका छन ।
बैठकमा नेताहरू राम्चन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा रामशरण महत, डा । शेखर कोइराला र केन्द्रीय सदस्य गुरूराज घिमिरे सहभागी थिए।
पछिल्लो समयमा पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा एकलौटी ढंगले अगाडि बढ्न शुरु गरे पछी गरेपछि सभापति देउबा सग असन्तुस्ट नेताहरु फेरी एक्जुट भएर छलफल थालेका हुन ।
यसअघि कांग्रेस केन्द्रिय समिती बैठकले नेपाल विद्यार्थी संघको उमेर हद तोक्नेबारे निर्णय गर्दा पार्टिका शीर्ष नेताहरूले नोटआफ डिसेन्ट लेखेका थिए। त्यतिबेला उनीहरूले थप छलफल गरेरमात्रै उमेर हदबारे निर्णय लिनु पर्ने भनेपनी सभापति देउवाले अस्वीकार गर्दै बहुमतबाट निर्णय गराएका थिए।
सग सगै पार्टी पधाकारी मनोनित लगायत मुद्दामा पनि पार्टिका शिर्श नेताहरुलेनै शभापतीसग असहमती जनाउदै आएका छन र सभापती बिधान भन्दा फरक ढङ्गले चल्न थालेको भन्दै बिधान भन्दा बाहिरबाट पार्टी सञ्चालन हुने कुरा आफुहरुलाई मान्य नहुने बताउदै आएका छन ।
शभापती देउबा सग असन्तुस्ट नेताहरु फेरी एक्जुट भएर लागेको खण्डमा निर्बाचन पछी आलोचित बन्दै गरेका शभापती देउबालाई अगामी दिनमा झनै असहज हुने जानकारहरु बताउछन ।








