आङ साङ सुकी को प्रतिष्ठा झन झन ओरालो लाग्दै,एम्नेस्टीले सुकिको मानव अधिकार अवार्ड खोस्यो



काठमाडौं ।

शान्ति तथा प्रजातन्त्रको लागि योगदान पुर्‍याएकी नेता को छबी बनाएकी आङ साङ सुकी को प्रतिष्ठा पछिल्लो समय गुम्न थालेको छ ।सुकी म्यान्मारको राश्ट्रपती बने देखी नै उनि माथी प्रश्नहरु उठिरहेका छन ।
रोहिन्ग्या मुसलमानहरुमाथि त्यहाँ को सरकारले दमन गरे देखी सुकिको छबी झन ओरालो लागी रहेको छ ।

एसै क्रममा भर्खरै एम्नेस्टी इन्टरनेसनलले म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिएको प्रतिष्ठित मानव अधिकारको अवार्ड फिर्ता गर्ने निर्णय गरेको छ । सुकीले उक्त अवार्डको घात गरेको भन्दै फिर्ता गर्न लागिएको एम्नेस्टी इन्टरनेसनलले बताएको छ ।

पछिल्लो समय रोहिन्ग्या मुसलमानहरुमाथिको दमनको विषयमा सरकारको पक्षमा उभिएसँगै सुकीको व्यापक आलोचना हुँदै आएको छ ।

सोमबार एम्नेस्टी इन्टरनेसनलले एक विज्ञप्ति जारी गर्दै उनीमाथि अब कुनै पनि आशा बाँकी नरहेको कारण आफ्नो सबैभभन्दा ठुलो सम्मानको अवार्ड फिर्ता गर्न लागिएका बताएको हो । सुकीलाई सन् २००९ मा एम्बेस्डर अफ कोन्सिएन्स अवार्ड प्रदान गरिएको थियो । उनले शान्ति तथा प्रजातन्त्रको लागि पुर्‍याएको योगदानको कदर गर्दै सो अवार्ड दिइएको थियो । अवार्ड प्रदानको क्रममा उनी मानव अधिकारको आशा, प्रेरणा र रक्षक रहेको बताइएको थियो ।

एम्नेस्टी इन्टरनेसनका महासचिव कुमीश नाइडूले सुकीलाई पत्र पठाउँदै अवार्ड खोसिएको जानकारी गराएका हुन् । गत वर्ष म्यानमारमा भड्किएको हिंसाको कारण ७ लाखभन्दा बढी रोहिन्ग्याहरु भागेर बंगलादेश पुगेका थिए ।

प्रकाशित मिति : कार्तिक २७, २०७५ मंगलबार  ४ : ३४ बजे